आर्थिक

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिमचोकमा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा शुक्रबारबाट चितवनको, हाकिमचोक शाखा औपचारीक रुपमा शुभारम्भ गरेको छ ।

उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरिन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरिन् ।

शाखा कार्यालयको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंकले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम् बाट निः शुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध छ ।