आर्थिक

एनआई सी एशिया बैंकद्वारो ३ नयाँ शाखा उद्घाटन

काठमाण्डौ । एनआईसी एशिया बैंकले ग्रामिण तथादुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै एनआई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्रदुईर पर्सा जिल्लाको जगरनाथपुुुरमा १ गरि ३ नयाँशाखाकार्यालयको उद्घाटन गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुरस्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडाअध्यक्ष अमृत मानश्रेष्ठबाट, चागुँनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुर स्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि के.सीबाट तथा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुर शाखाको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँबाट आज भव्य समारोहकाबिच समुद्घाटन भएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखाकार्याल, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहककासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।