समाचार

नेपाली सेनालाई ८५ करोड सहित पठायो सरकारले बारापर्सा हावाहुरीपीडितको पुनःनिर्माणमा

काठमाण्डौ । चैत्र १७ गते गएको हावाहुरी प्रभाबितका १४ सय ५३ घर निर्माणका लागि खर्च गर्न सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । बैसाख ५ र १० गते बसेको मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार उक्त पिनर्णय भएको सरकारका प्रवक्ता एबं सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।
उक्र दिन आएको हावाहुरीबाट बारा पर्सामा २८ जनाको निधन भएको थियो भने ४ सय भन्दा बढी घाईते भएका थिए । सरकारले प्रदेश नम्मर २ अन्तर्गतका उक्त जिल्लामा पुनःनिर्माण गर्न सेनालाई दिने निर्णय गरेको थियो ।