समाचार

प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण सम्पन्न

काठमाडौँ । बिहवार प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित नं. ४ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौँ फिर्ता भएका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त वाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए । साथै, उनी हिजो बुधबार नेपालगञ्ज रंगशालामा सञ्चालन भएको आठौ राष्ट्रिय खेलकुद समापन समारोहमा समेत सरिक भएका थिए ।

चैत्र २७ गतेदेखि वैशाख ११ गतेसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको सुरुदेखि अन्तिमसम्म उत्कृष्ट खेलहरु प्रदर्शन गर्दै १४० गोल्ड मेडल, ७९ रजत र ६७ कांस्य गरी जम्मा २८६ वटा पदकहरु प्राप्त गर्दै प्रतियोगितामा सहभागी टिमहरु मध्ये शिर्ष स्थान हासिल गर्न सफल भएको छ ।