सूचना प्रविधि

एनसेललाई तत्काल करका लागि ताकेता नगर्न सर्बोच्च अदालतको आदेश

काठमाण्डौ । आफूलाई २५ अर्ब भन्दा बढी कर तोकेर ठूला करदाता कार्यालयले अन्याय गरेको भन्दै हालेको एनसेलको रिटको पक्षमा आज सर्बोच्च अदालतले फैसला गरेको छ । आज न्यायधीश बम कुमार श्रेष्ठको एकल ईजलासले दुबै पक्षको छलफल गर्नुभन्दा अघि लाभकरका बिषयमा कुनैपनि निर्णय नगर्न नगराउन आदेश जारी गरेको छ ।

न्यायधीश श्रेष्ठको एकल ईजलासपछि ठूला करदाता कार्यालयले एनसेलले तिनुपर्ने गरेको ३९ अर्ब ६ करोडको र एनसेलले गरेको १४ अर्ब ६ करोडको लाभकरको टुंगो लागेको नभएपनि तत्कालका लागि एनसेलका पक्षमा निर्णय भएको छ ।