अन्तर्राष्ट्रिय

कालाजातिका युवाको हत्यामा संलग्नलाई मृत्युदण्ड

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा झण्डै २१ वर्षअघि जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका युवकको नृशंस हत्यामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिइएको छ ।

जोन विलियम किङ नामका गोरा जातिका व्यक्तिले टेक्सासको जेस्पर नजिक सडकमा सन् १९९८ मा ट्रकले घिसारेर हत्या गरेका थिए । विलियम किङले कालाजातिलाई खासरुपमा लक्षित गरी जेम्स बायर्डको हत्या गरेको पुष्टी भएको थियो । अमेरिकी इतिहासमा सर्बाधिक वीभत्स घृणायुक्त अपराधको संज्ञा दिइएको यस घटनामा दोषी ठहरिएका विलियम किङलाई बुधबार साँझ घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो ।

अभियोजनकर्ताहरुले २१ वर्षीय युवक बायर्डमाथि कालाजाति भएकै कारण साङ्घातिक हमला गरिएको पुष्टी भएको बताएका छन् ।बायर्डको हत्यामा संलग्नको आरोपमा मृत्युदण्ड दिइएका किङ दोस्रा व्यक्ति हुन् । तेस्रो व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।

अमेरिकी सर्वोच्च अदालतले बायर्डको पछिल्लो अपिललाई अस्वीकार गरेको थियो । अभियोजनकर्ताहरुले ४४ वर्षीय किङ र दुई अरु गोराजातिका युवाले बायर्डलाई सन् १९९८ को जुन महिनामा साङ्लोले बाँधेर ट्रकमा राखी टेक्सासको जेस्परस्थित सुनसान सडकमा घिसारेर विभत्स हत्या गरेका थिए ।