आर्थिक

उद्योगपति चौधरीसहित तीन बिरुद्ध करोडौं कर छलिमा हदैसम्मको कारबाही माग गर्दै मुद्धा

कााठमाण्डौ । हिमालयन कार्गोका संचालक मधुकुमार चौधरी र पति विनोद कुमार गथुप्तासहित तीन बिरुद्ध झण्डै २४ करोडको कर छलिसहित हदैसम्मको कारबाही माग गरी सम्पती शुद्धीकरण अनुसंधान बिभागमा मुद्धा दर्ता भएको छ । पर्यटन उद्यागेमा फस्टाएका उद्योगपछि चौधरी बिरुद्ध सम्पती शुद्धीकरणमा मुद्धा परेको यो पछिल्लो ठूलो मुद्धा हो ।

सम्पती शुद्धीकरणले प्रशारण गरेको विज्ञप्तीका अनुसार, हिमालयन कार्गो नेपाल (स्थायी लेखा नम्बर ३०१७९७८६३) र मधु कुमारी चौधरीको नाममा दर्ता रहेको हिमालयन कार्गो (स्थायी लेखा नम्बर ६०४८६०४७५) फर्मका प्रोपाइटर मधु कुमारी चौधरीका पति भारतीय नागरिक विनोद कुमार गुप्ता समेतले आ.व. २०६५/६६ देखि आ.व. २०७४/७५ सम्म राजश्व चुहाबट गरी निजको श्रीमती मधु कुमारी चौधरी समेतका नाउँमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको देखिँदा सो सम्बन्धमा अनुसन्धान तथा छानवीन हुन भन्ने व्यहोराको राजश्व अनुसन्धान विभागबाट प्राप्त मिति २०७५/५/२० मा दर्ता भएको सूचना उपर सम्पत्ति शुद्धीकरणको कसुरमा यस विभागबाट जाँचबुझ तथा अनुसन्धान हुँदा उल्लेखित अवधिमा प्रतिवादी विनोद कुमार गुप्ता र निजकी प्रतिवादी श्रीमती मधु कुमारी चौधरी समेतले प्रतिवादी भारतीय नागरिक विरेन्द्र महतो समेतको मिलेमतोमा कुल रु. २३,९५,६८,१३१।– (तेइस करोड पन्चानब्बे लाख अठसठ्ठीहजार एकसय एकतिस) गैरकानूनी स्रोतको रकम प्राप्त गरी त्यस्तो कसुरजन्य सम्पत्तिको प्राप्ति, धारण र प्रयोग समेत गरी आफु एवं फर्मका कर्मचारी समेतका नाउँमा विभिन्न बैँकमा खोलिएका खाताहरुमा कुल रु. १०१०२०९४१।४१ (दश करोड दश लाख वीसहजार नौसय एकचालिस रुपैया पैसा एकचालिस) जोरजम्मा गरी लुकाई छिपाइ राखेको, काठमाडौँका र भक्तपुरका विभिन्न स्थानहरुमा २०६५ सालपछिको अवधिमा रु. ८३०३०८००।– घरजग्गामा लगानी गरेको, मधुकुमारी चौधरी एकल संचालक रहेको मंगला रियलस्टेट प्रा.लि. मा रु. २०००००००।– र अर्को एप्पल पोलिमर्स प्रा.लि.मा रु. २, ५०, ००, ०००।– लगानी गरेको देखिएको र निज मधुकुमारी चौधरीका नाउँमा रहेको विभिन्न बैँक तथा वित्तीय संस्थाको शेयर तर्फ रु। ४९७४५९।– लगानी गरी सम्पत्ती शुद्धीकरण(मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क)(ख)(ग) ले निषेधित कार्य गरी गराई सोही दफाको उपदफा (३) को सम्पत्ति शुद्धीकरणको कार्य कसुर गरेको पुष्टि हुन आएको देखिँदा प्रतिवादीहरु विनोद कुमार गुप्ता र मधु कुमारी चौधरीलाई कुल वीगो रु. २२, ९५, ४९, २००।४१ कायम गरी सोही ऐनको दफा ३०९१० बमोजिम जनही जरिवाना तथा कसुरको मात्रा अनुसार कैद सजाय हुन मागदाबी लिई प्रतिवादीहरुले कसुरबाट प्राप्त गरेको तथा सोबाट बढे बढाएको उपरोक्त बमोजिमको सम्पत्ति, शेयर, बैंकमा रहेको नगद मौज्दात रकम समेत सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन (दोस्रो संशोधन), २०६४ को दफा २८(२) र दफा ३४(१) बमोजिम जफत हुन मागदाबी लिई र अर्का प्रतिवादी विरेन्द्र महतोको हकमा कुल वीगो रु. २२, ९५, ४९, २००।४१ कायम गरी कायम गरी सोही ऐनको दफा ३०(१) बमोजिम जरिवाना तथा कसुरको मात्रा अनुसार कैद सजाय हुन र प्रतिवादी मधुकुमारी चौधरकीका नाउँ दर्ताको हिमालयन कार्गोका हकमा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (८) बमोजिम सजायको मागदाबी लिई मिति २०७६/१र११ मा सम्मानित विशेष अदालत काठमाडौँमा सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।