आर्थिक

सन्राइज बैंक र एशियन लाईफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सन्राइज बैंक र एशियन लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १०४ वटै शाखाहरmबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरm बिव्रmी गर्न सक्ने छ ।

सन्राइज बैंकको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल रहेको छ ।