आर्थिक

एनआई सी एशिया बैंकका एकै साथ ५ नयाँ शाखा

काठमाण्डौ । एनआई सी एशिया बैंकले ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । नयाँ शाखा कार्यालय मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो ठिमी शाखाको सोहि वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापतिबाट, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापाबाट, सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमलनाथ आचार्यबाट, चद्रांगिरी नगरपालिका वडा नं. ११ सतुंगलचोक स्थित सतुंगल चोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीबाट तथा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारा स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादबाट समुद्घाटन सु–सम्पन्न भएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शखा कार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । करिब १५ लाख ग्राहक कासाथसञ्चालनमारहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।