खेलकुद

आठौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापनका लागि उपराष्ट्रपति नेपालगञ्जमा

बाँके । उपराष्ट्रपति नन्दबहादुर पुन नेपालगञ्ज आइपुगेका छन् । उनले प्रदेश ५ का विभिन्न जिल्लामा जारी आठौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापन गर्दै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख ५ गते प्रतियोगिता उद्घाटन गरेकाी थिइन् ।

उपराष्ट्रपति पुन आज कोहलपुरमा रहने र बिहीबार बर्दियाको बाँसगढीस्थित केदारेश्वर धामको औपचारिक उद्घाटन गरी साँझ काठमाडौं फर्किने कार्यक्रम तय भएको बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।