आर्थिक

धुलिखेल माउण्टेन रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजाडेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १०% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका भिजाडेविट कार्ड भएका सम्पुर्ण सेवाग्राहीलाई थपलाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेका ब्त्ः बाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध छ ।