अन्तर्राष्ट्रिय

खानीमा गएको पहिरोमा परी ५० भन्दा बढी श्रमिक वेपत्ताः म्यानमार प्रहरी

याङ्गोन, म्यानमार । म्यानमारको उत्तरी काचिन राज्यस्थित एक पथ्थर खानीमा गएको पहिरोमा परी ५० जनाभन्दा बढी श्रमिक वेपत्ता भएका प्रहरीले मङ्गलबार जनाएको छ ।

सोमबार राति सुतिरहेको अवस्थामा खानीका लागि निर्माण भएको एक बाँध भत्किएर पहिरो जाँदा उनीहरूलाई बगाएको बताइएको छ । “पहिरोमा परी ५४ जना हराइरहेका छन्,” हकान्त प्रहरी स्टेसनका एक सुरक्षाकर्मीले एएफपीलाई बताए । “पहिरोमा परी हराएका श्रमिक जीवितै रहेने सम्भावना क्षीण रहेको बताइएको छ,” उनले भने ।