प्रदेश 1

बन्द गरिएको सीमानाका खुल्यो

इनरुवा । भारतमा भएको लोकसभा निर्वाचनका कारण बन्द गरिएको सुनसरीको सीमानाका मङ्गलबार साँझदेखि खुला भएको छ । भारतमा तेस्रो चरणमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आइतबार राति १२ बजेबाट लागू हुने गरी सुनसरीको सीमानाका ४८ घण्टाका लागि सिल गरिएको थियो ।

निर्वाचन सम्पन्न भएसँगै कोशी ब्यारेजदेखि केसलिया नदीसम्मको ६२ किलोमिटर सीमानाका खुला भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताए ।