खेलकुद

भलिबल फाइनल खेल आज

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत भलिबलतर्फको खेलमा पुरुषतर्फ नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब तथा महिलातर्फ प्रदेश नं ३ र सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनल प्रवेश गरेको छ ।

मंगलबार खजुरास्थित शुक्र रङ्गशालामा भएको खेलमा पुरुषतर्फ आर्मी क्लबले एपिएफलाई र पुलिसले गण्डकी प्रदेशलाई हराउँदै फाइनलमा पुगेका हुन् । आर्मीले एपिएफलाई १८–२५, २५–२२, ३१–३३ र २५–२१ र १५–११ अङ्कले हरायो । पुलिसले गण्डकी प्रदेशलाई २५–२३, २५–१३, २०–२५ र २५–२० अङ्कले पराजित गर्‍यो।

यस्तै महिलातर्फ एपिएफले गण्डकी प्रदेशलाई २५–९, २५–१६ र २५–९ अङ्कले हरायो । प्रदेश नं ३ ले पुलिसलाई २५–२३, २५–११ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो । फाइनल खेल तथा तेस्रो स्थानका लागि आज खेल हुनेछ ।