समाचार

मुलुक स्मृद्धितपर्फ जाने बेलामा सुरक्षा चुनौती नभईदिए हुन्थ्यो: अध्यक्ष सिंह

भीमदत्तनगर । निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहले मुलुकले राजनीतिक निकास पाइसकेको अवस्था हुँदाहुँदै पनि शान्ति सुरक्षाको चूनौती सामना गर्नुपरेको बताएका छन् ।

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको १३औँ अधिवेशनको उद्घाटन गर्न मंगलबार भीमदत्तनगर आएका अध्यक्ष सिंहले आन्दोलनरत दल र समूहलाई सहमतिमा ल्याउन सरकारसँग माग गरे । “मुलुक स्मृद्धितपर्फ जाने बेलामा सुरक्षा चुनौती नभईदिए हुन्थ्यो”, उनले भने, “निर्माण व्यवसाय मर्यादीत र स्थापित गराउन छलफल गरिरहेका छौँ ।”

उनले सरकारको स्थानीय तहमा रोजगारी सिर्जना गर्ने नीतिअनुसार रु पाँच करोडसम्मको काम जिल्लाभित्रै प्रतिस्पर्धा गराई व्यवसायीलाई काम दिने विषय महासङ्घले निर्णय गरेर कार्यान्वयन चरणमा लगिसकेको जानकारी दिए । “जिल्ला दररेट निर्धारण गर्दा निर्माण व्यवसायीसँग परामर्श गर्नुपर्छ” अध्यक्ष सिंहले भने, “महङगीको नियमन पनि आवयश्क छ ।” निर्माण व्यवसायी सङ्घको अधिवेशनमा जिल्ला, प्रदेश र केन्द्रीय निर्माण व्यवसायी महासङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।