समाचार

एकाबिहानै भूकम्पको झड्का, सर्बसाधारणहरु निस्किए बाहिर

काठमाण्डौ । काठमाडौँ । धादिङ जिल्लाको नौबिसे आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी दिनुभयो । वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीमा महशुस गरिएको थियो ।। भूकम्प सानो भएपनि झसंग पाउने झड्का गएको थियो ।

सामाजिक संजाल फेसबुक, ट्वीटरस लगायतमा सर्बसाधारणहरुले भूकम्पको त्रास पोखिरहेका छन् । महाभकम्प गएको भोली १२ गते ४ बर्ष लाग्छ ।