राजनीति

काँग्रेसको आकस्मिक बैठकको निर्णयः ११ गतेको देशभरको कार्यक्रम जेठ २५ गतेलाई सर्यो

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको असामयिक र दुःखद निधन भएकोले उहाँप्रति गहिरो शोक प्रकट गर्दै भोलि वैशाख ११ गते देशभर एक साथ प्रारम्भ गर्ने भनिएको “हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरण अन्तर्गतको एक महिने कार्यक्रमको मिति परिवर्तन गरिएको छ । उक्त कार्यक्रम २०७६ वैशाख २५ गतेदेखि प्रारम्भ भई ज्येष्ठ २५ गतेसम्म देशभरका सबै जिल्लाहरूमा पूर्ववत रुपमा संचालन हुनेछ ।
नेपाली काँग्रेसका पुर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि काँग्रेसको आज बसेको बैठकले देशभरका ७७ वटैजिल्लामा अभियान संचालनरोकिएको छ ।