समाचार

सरकार र राप्रपा बिच सौहार्दपूर्ण वार्ता

काठमाडौँ । सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको औपचारिक वार्तामा राप्रपाले राखेका मागका विषयमा प्रारम्भिक छलफल भएको छ । सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आजदेखि प्रारम्भ भएको वार्तामा सरकारले संविधानअनुसारका माग पूरा गर्न सकिने स्पष्ट गर्यो र
सरकारका तर्फबाट वार्ताको संयोजकको भूमिका निर्वाह गरेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले भने, “ वार्ता सौहार्दपूर्ण रुपमा भयो, सरकारले संविधानअनुकूल हुने मागमा सम्बोधन गर्न सक्छ, हामी लामै छलफल गर्छौँ ।” अर्को वार्ता अर्को हप्ता हुने जनाइएको छ ।

वार्तामा सरकारका तर्फबाट वार्ताका संयोजक कानूनमन्त्री ढकाल तथा राप्रपाका तर्फबाट राप्रपाका नेतात्रय दीपक बोहरा, निरञ्जन थापा र भुवन पाठक सहभागी थिए । राप्रपाका प्रवक्ता पाठकले वार्ता सकारात्मक भएको र आगामी बैठकमा थप छलफल हुने जानकारी दिए ।

राप्रपाले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत फागुन ७ गते लिखित २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सोही मागका विषयमा छलफल गर्नका लागि सरकारले आजका लागि वार्तामा बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि संयोजकमा कानूनमन्त्रीलाई तोकेका छन् । कानूनमन्त्री ढकालले आजका लािग राप्रपालाई वार्तामा आउन लिखितपत्र पठाएका थिए ।