आर्थिक

एनआई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

काठमाडौँ । एनआई सी एशिया बैंक लि.को तारकेश्वर नगरपालिकावडा नं ११,काठमाडौंस्थित मनमैंजु शाखाकोे तारकेश्वर नगरपालिकाका मेयर श्रीरामेश्वर बोहराज्यू तथा यस बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३)का प्रमुख श्रीबिकास खरेलज्यूबाट मिति २०७६ वैशाख १०गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

उक्त शाखाको उद्घाटन समारोहमा बोल्दै मेयर श्री बोहराज्यूले काठमाडौं उपत्यकाभित्र समेत बैकिङ्घ पहुँच कमभएको स्थान छानी आम सर्वसाधरण सम्म बैकिङ्घ पहुँच वृद्घि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे । उक्त कार्यक्रममा श्री खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्विगर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याई रहेको जानकारी गराए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुक कै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १५ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।