समाचार

एनसेल बमकाण्डका आरोपी ७ जनालाई अदालतले दियो थुनामा राख्ने आदेश

काठमाण्डौ । विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पर्ने क्रम जारी छ । यसैबीच केहीदिन अगाडीमात्र पक्राउ परेका नेकपा विप्लव समूहका हेमन्त प्रकाश ओलीसहित ६ जनालाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।
माओबादीका मध्यखण्ड ईन्चार्ज रहेका नेता ओली काभ्रेबाट पक्राउ परेका थिए भने उनीसँगै रामकृष्ण खतिवडा, शिब रिमाल, ईश्वर दमाई, डिकेन्द्र राई र वीरबहादुर कठायत पक्राउ परेका थिए ।
एनसेल बम बिष्फोटमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी काठमाण्डौले उनीहरुलाई थुनामा राख्ने जनाईएको छ ।