अन्तर्राष्ट्रिय

कजाखस्तानमा टोकायेभ राष्ट्रपतिका उम्मेदवार

नुर–सुल्तान । कजाखस्तानको सत्तारुढ दलले कास्सीम–जोमार्ट टोकायेभलाई मङ्गलबार पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरेको छ । आगामी जुनमा कजाखस्तानमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

कजाखस्तानका संस्थापक नेता नुरसुल्तान नजरबायेभले टोकायेभलाई राष्ट्रपतिका रुपमा अघि सारेपछि सत्तारुढ दलले पनि उनलाई नै राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो ।

सत्तारुढ नुर ओटान पार्टीका ६०० भन्दा बढी प्रतिनिधिले टोकायेभको उम्मेदवारीलाई सर्वसम्मत रुपमा पारित गरेका थिए । राजधानी नुर–सुल्तानमा भएको पार्टी भेलामा ७८ वर्षीय संस्थापक नेता नुरसुल्तानले टोकायेभको नाम प्रस्ताव गरेका थिए ।