समाचार

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ शाह काउन्सिल सदस्यमा निर्वाचित

काठमाडौँ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा डा दीव्यासिंह शाह इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्य पदमा निर्वाचित भएका छन् ।

चिकित्सा अध्ययन सस्थानमा कार्यरत प्रा डा शाह दक्षिण एशियाली क्षेत्रबाट सो काउन्सिलको उपाध्यक्ष पदमा निर्वाचित हुँदै काउन्सिलको केन्द्रीय सदस्य पदमा समेत निर्वाचित हुन सफल भएका हुँन ।

पाकिस्तान र बङ्गलादेशलाई पछि पार्दै प्रा डा शाहले ती दुवै पदमा निर्वाचित भएका थिए । हालै अष्ट्रेलियाको मेलवर्नमा हालै सम्पन्न काउन्सिलको अन्तर्राष्ट्रिय सम्मेलनमा मतदानको परिणाम घोषणा गरिएको थियो । अनलाइनका आधारमा मतदान भएको थियो ।