आर्थिक

अब प्रभु बैंकमा खाता खोल्न बैंकमा लाईन बस्नु नपर्ने, ल्यायो अनलाईन प्रणली

काठमाडौँ । प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको उपयोग गर्दै आप्mनो घर,कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको छ ।

बैंकले सञ्चालन माल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले प्रभु बैंकको शाखा कार्यालय सम्मन पुगी कनै आफु रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेद नगर्न,अनलाईन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरण सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको ‘Online A/c Opening’ बटन क्लिक गर्नु पर्ने छ ।

प्रभु बैंकले सञ्चालनमा याएको अनलाईन खातासम्बन्धी सेवाबाट ग्राहकको समय बचत हुने तथा विना झण्झट आप्mनो समय अनुकुल आफु रहेको स्थानबाट अनलाईन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम् ग्राहकले यसबाट लाभ लिनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।