खेलकुद

टस जितेर आर्मी क्लब र एपिएफ सेमिफाइनलमा

घोराही । दाङको लमहीमा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा प्रदेश–१ उपाधि नजीक पुगेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्रदेश १ फाइनलमा पुगेको हो ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आफ्नो सात विकेट गुमाउँदै ८० रन बनाएको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक २६ तथा कविता जोशीले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले रन जोड्न सकेनन् । सुदूरपश्चिमलाई ८० रनमा समेट्ने क्रममा प्रदेश १ की निग्मा तामाङले दुई तथा रुविना क्षेत्री, सवनम राई र सङ्गीता राईले समान एक–एक विकेट लिइन् ।

जवाफमा ८१ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ले १३ ओभर चार बलमा उक्त लक्ष्य पूरा गर्‍यो । प्रदेश १ का लागि रुविना क्षेत्रीले सर्वाधिक ४३ र रोमा थापाले २१ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी कविता जोशीले दुई विकेट लिइन् । प्रदेश १ का लागि सर्वाधिक रन बनाउने रुविना क्षेत्री ‘वुमन अफ दी म्याच’ भइन् ।