प्रदेश 2

शिक्षकको क्षमता अभिबृद्धिमा जोडदिन नगर प्रमुख सरावगीको अनुरोध

वीरगन्ज । वीरगन्ज महागरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आवश्यकता अनुसार शिक्षकसंगै बालबालिकाको आवश्यकता पुरागर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

अमेरिकी जनताको सहयोगमा यू एस एड र शिक्षा विकास तथा समन्वय समितिले आयोजना गरेको क्षमता विकास एवम समुदाय परिचालनको समिक्षा विषय कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गरेका हुन् । वालवालिकाहरुलाई विद्यालय पुर्याउनु भन्दा पति बिद्यालयमा टिकाउनु अहिलेको सबै भन्दा ठूलो चुनौती रहेको बताउदै नगर प्रमुख सरावगीले आवश्यकता अनुसार शिक्षकहरुको पनि क्षमता अभिबृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले विद्यालयहरुको विकासमा व्यवस्थापनमा समितिको महत्वपुर्ण भूमिका रहेको बताउदै व्यवस्थापन समितीसंग सहकार्य गरेर अगाडि बढन विद्यालयका प्रध्यानाध्यापकहरुलाई नगर प्रमुख सरावगीले अनुरोध समेत गरे । पर्सा जिल्लामा रहेका १४ओटै स्थानिय निकायका जन प्रतिनिधि,शिक्षा प्रमुख ,अभिभावक,प्रधानाध्यपक लगयतका पदाधिकारीहरुको उपस्थितीमा तिन दिनसम्म चलने उक्त कार्यक्रममा समुदायीक विद्यालयहरुमा रहेको समस्या तथा व्यवस्थापनका बारेमा छलफल गरि त्यसको सरोकारवालाहरुको क्षमता अभिबृद्धि गरिने कार्यक्रममा जनाइएको थियो ।