समाचार

राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्य परीक्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा आज नियमित स्वास्थ्य परीक्षण गराएकी छन् ।

राष्ट्रपति भण्डारीले शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएको र हरेक तीन तीन महीनामा स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल जाने गरेको राष्ट्रपति कार्यालयका प्रेस विज्ञ माधव शर्माले जानकारी दिए । राष्ट्रपति भण्डारीको यही वैशाख ११ गतेदेखि १९ गतेसम्म चीनको राजकीय भ्रमणमा जाने कार्यक्रम तय भएको छ । सो कार्यक्रममा जानुअघि उहाँले नियमित स्वास्थ्य परीक्षण गराएकी हुन् ।