गण्डकी प्रदेश

तेस्रो अधिवेशनबाट ६ विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको तेस्रो अधिवेशनबाट ६ विधेयक पारित भएका छन् । विसं २०७५ पुस २३ गते शुरु भई २०७६ वैशाख ८ गते सकिएको अधिवेशनका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यस अवधिमा विषयगत समितिको सक्रियता र प्रभावकारितामा वृद्धि भएको बताए । समितिबाट प्रदेश सरकारका काम कारवाहीको नियमित अनुगमन, निर्देशन, विधेयकमाथि

सरोकारवालाको सहभागितामा अन्तत्र्रिmया सञ्चालन भएको उनले उल्लेख गरे । अधिवेशनमा जम्मा १५ दिनमा १६ बैठक १५ घण्टा ५५ मिनेट सञ्चालन भएको सो अवसरमा जानकारी गराइयो । प्रदेशसभा नयाँ संरचना एवं व्यवस्था भएका कारण यसको सञ्चालन र व्यवस्थापन क्रमशः प्रभावकारी बन्दै गएको उपसभामुख सिर्जना शर्माले बताए ।