समाचार

प्रधानसेनापति र राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग जर्जियाका गैरआवासीय राजदूत अर्किल डिजुलीसिभिलीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जङ्गी अड्डामा भएको उक्त भेटवार्ताका क्रममा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको थियो ।