बाग्मती

प्रदेशसभा बैठक अन्त्य

हेटौँडा । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले सिफारिश गरी पठाएकाले प्रदेशसभाको चालू हिउँदे अधिवेशन यही वैशाख १० गते राति १२ बजेपछि अन्त्य गरेका छन् ।

उक्त कुरा प्रदेश प्रमुख सचिवालयले आज जनाएको हो ।