राजनीति

नेकपा एकीकरणः ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको लाग्यो अन्तिम टुङ्गो (नामावली)

काठमाडौँ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको निकै लामो समयपछिमात्र जिल्ला नेतृत्वको टुङ्गो लागेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले ७७ वटै जिल्ला कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँट गरेको हो । बैठकले एकता प्रक्रियामा विलम्ब भए पनि सर्वसम्मतिका साथ पदाधिकारीसहित जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको थियो ।

पार्टी स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा जिल्ला नेतृत्वको नामावली सार्वजनिक गरिएको हो । बैठकले एकीकरण प्रक्रियामा सबै पक्षको भावना समेट्ने उद्देश्यले जिल्ला तहमा एकीकरणका मापदण्डसमेत बनाएको थियो । जनप्रतिनिधिको जिम्मेवारीमा रहेका व्यक्ति पनि पार्टी जिल्ला कमिटीको अध्यक्ष तथा सचिवको जिम्मेवारी रहन सक्ने, साविक एमाले र माओवादी केन्द्रका जिल्ला कमिटीका प्रमुख सम्बन्धित जिल्ला कमिटीमा अध्यक्ष वा सचिवको जिम्मेवारीमा रहन सक्ने गरी मापदण्ड तय गरिएको थियो ।

जिल्ला कमिटीमा विगतमा कार्यदलले सिफारिश गरे बमोजिमको सदस्य सङ्ख्या रहने निर्णयसमेत गरेको छ । जिल्ला कमिटीमा साविक जिल्ला, कमिटीका सदस्य रहने, कमिटीमा सदस्य सङ्ख्या थप्न मिल्ने अवस्था भएमा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम सदस्यमध्येबाट थप्ने मापदण्ड निर्माण गरेको छ । साविक जिल्ला कमिटीको सदस्य सङ्ख्या बढी भएमा सम्बन्धित प्रदेश कमिटीले साविक जिल्ला कमिटीका वरिष्ठ र सक्षम सदस्यलाई जिल्ला कमिटीमा सङ्गठित गर्ने निर्णयसमेत गरेको छ ।

प्रदेश नं १ को ताप्लेजुङ जिल्ला कमिटीको अध्यक्षमा विजय बनेम र सचिवमा बलबहादुर साम्सोहाङ, पाँचथर अध्यक्षमा राजकुमार भण्डारी र सचिवमा होमप्रसाद जवेगु, इलाम अध्यक्षमा राम राना र सचिवमा सोममाया राई, झापा अध्यक्षमा चिन्तन पाठक र सचिवमा मणिकुमार साङपाङ, मोरङ अध्यक्षमा विनोद ढकाल र सचिवमा गोपीबहादुर अछामी, सुनसरी अध्यक्षमा योगेन्द्र मण्डल र सचिवमा रमेश बस्नेत तथा धनकुटा अध्यक्षमा राजेन्द्र राई र सचिवमा ऋषिराम ढुङ्गाना रहेका छन्।

यस्तै तेह्रथुम अध्यक्षमा लक्ष्मण तिवारी र सविचमा इन्द्रबहादुर इमसुङ, सङ्खुवासभा अध्यक्षमा हेमराज अधिकारी र कृष्ण याख्या, भोजपुर अध्यक्षमा प्रेमकुमार राई र सचिवमा विमल खड्का, खोटाङ अध्यक्षमा देवान चामलिङ र सचिवमा बबि चामलिङ, सोलुखुम्बु अध्यक्षमा मानवीर राई र सचिवमा गोम्बु शेर्पा, ओखलढुङ्गा अध्यक्षमा मोहनबहादुर खड्का र सचिवमा मोहन श्रेष्ठ तथा उदयपुर अध्यक्षमा विनोद कटुवाल र सचिवमा ईश्वरमणि राउत रहेका छन् ।

त्यसैगरी प्रदेश नं २ को सप्तरी अध्यक्षमा अशोक मण्डल र सचिवमा गोविन्द न्यौपाने, सिरहा अध्यक्षमा रामकुमार यादव र सचिवमा प्रमोदनारायण यादव, धनुषा अध्यक्षमा राजकिशोर यादव र सचिवमा श्रवण यादव, महोत्तरी अध्यक्षमा राजु खड्का र सचिवमा सौकिलाल यादव, सर्लाही अध्यक्षमा रेवती पन्त र सचिवमा डाचाराज वाग्ले, रौतहट अध्यक्षमा कमल यादव र सचिवमा युवराज भट्टराई, बारा अध्यक्षमा छत्रबहादुर श्रेष्ठ र सचिवमा सुन्दर विश्वकर्मा तथा पर्सा जिल्ला कमिटीको अध्यक्षमा प्रभू हजारा र सचिवमा विजय महतो छन् ।

प्रदेश नं ३ अन्तर्गत चितवन जिल्ला कमिटी अध्यक्षमा यमबहादुर परियार र सचिवमा कृष्णभक्त पोखरेल, मकवानपुर अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम पुलामी, धादिङ अध्यक्षमा भूमि त्रिपाठी र सचिवमा शालिकराज जम्कट्टेल, नुवाकोट अध्यक्षमा हीरानाथ खतिवडा र सचिवमा नारायण खतिवडा तथा रसुवा जिल्ला कमिटीको अध्यक्षमा कन्र्याल तामाङ र सचिवमा इन्द्र गोतामेले जिम्मेवारी पाएका छन् ।

त्यस्तै सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा झम्क नेपाल र सचिवमा दावा तामाङ, दोलखा अध्यक्षमा ईश्वरचन्द्र पोखरेल र सचिवमा गोपाल पाण्डे, रामेछाप अध्यक्षमा मदनकुमार तामाङ र सचिवमा शान्तिप्रसाद पौडेल, सिन्धुली अध्यक्षमा राजन दाहाल र सचिवमा प्रदीप कटुवाल, काभ्रेपलाञ्चोक अध्यक्षमा रुकु चौलागाईं र सचिवमा टोकबहादुर वाइबा, भक्तपुर अध्यक्षमा वचनबहादुर देउवा र सचिवमा डिपी ढकाल, ललितपुर अध्यक्षमा हरिकृष्ण ब्यञ्जनकार र सचिवमा राजकाजी महर्जन तथा काठमाडौँ अध्यक्षमा कृष्ण राई र सचिवमा हिमाल शर्मा तोकिएका छन् ।

गण्डकी प्रदेशको कास्की जिल्ला कमिटीका अध्यक्षमा कृष्ण थापा र सचिवमा बखानसिंह तमु, तनहुँ अध्यक्षमा केदार सिग्देल र सचिवमा राजेन्द्रकिशरी न्यौपाने, लमजुङ मधु अधिकारी र धनञ्जय दवाडी, गोरखा अध्यक्षमा लेखबहादुर थापा र सचिवमा प्रेम गुरुङ, म्याग्दी गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठ, मुस्ताङ अध्यक्षमा चन्द्रमोहन गौचन र सचिवमा सत्यनारायण शेरचन, मनाङ अध्यक्षमा पाल्तेन छोयान गुरुङ र सचिवमा बेदबहादुर गुरुङ, बाग्लुङ अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा ज्ञामनाथ गैरे, पर्वत अध्यक्षमा पदम गिरी र सचिवमा सुदीप कुँवर, स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे र सचिवमा मीनबहादुर गुरुङ तथा नवलपरासी ९पूर्व०को अध्यक्षमा रोशन गाहा र सचिवमा मित्रशरण शर्मा हुनुहुन्छ ।

प्रदेश नं ५ अन्तर्गतका रोल्पा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र घर्ती र सचिवमा हरिप्रसाद घर्ती, रुकुम ९पूर्व० अध्यक्षमा मेघबहादुर श्रेष्ठ र सचिवमा सतमान पुन, प्यूठान अध्यक्षमा तुलसीराम शर्मा र सचिवमा नारायण अधिकारी, अर्घाखाँची अध्यक्षमा चेतनाराण आचार्य र सचिवमा ठाकुर विश्वकर्मा, गुल्मी अध्यक्षमा मधुकृष्ण पन्त र सचिवमा वीरबहादुर कार्की, पाल्पा अध्यक्षमा नारायण आचार्य र सचिवमा गिरबहादुर थापा, नवलपरासी ९पश्चिम० अध्यक्षमा भविश्वर तिवारी र तुलसी पासी, रुपन्देही अध्यक्षमा शिवराज सुवेदी र सचिवमा दधिराम न्यौपाने, कपिलवस्तु अध्यक्षमा झविलाल पोख्रेल र सचिवमा रामचन्द्र शाह, दाङ अध्यक्षमा टीकाराम खड्का र सचिवमा तुलसीराम पुन, बाँके अध्यक्षमा आइपी खरेल र सचिवमा अशोक कोइराला तथा बर्दिया जिल्ला कमिटी अध्यक्षमा भवनकुमार थारु र सचिवमा हरि ज्ञवाली रहनुभएको छ ।

कर्णाली प्रदेशको सुर्खेत जिल्ला कमिटी अध्यक्षमा ध्रुव शाही र सचिवमा कृष्णबहादुर जिसी, दैलेख अध्यक्षमा रवीन्द्र शर्मा र सचिवमा प्रेम कटुवाल, जाजरकोट अध्यक्षमा ढकवीर राना र सचिवका करवीर शाही, रुकुम ९पश्चिम० अध्यक्षमा गोपाल शर्मा र सचिवमा विलम पुन, सल्यान अध्यक्षमा गोविन्द पुन र सचिवमा कर्णबहादुर बुढा, जुम्ला अध्यक्षमा वीरबहादुर कुँवर र सचिवमा तीर्थबहादुर बुढा, कालीकोट अध्यक्षमा धनजीत शाही र सचिवमा नागिन्द्र शाही, हुम्ला अध्यक्षमा लालकेश जैसी र सचिवमा दल रावल, डोल्पा अध्यक्षमा दत्तबहादुर रोकाया र सचिवमा मालबहादुर रोकाया तथा मुगु जिल्ला कमिटीको अध्यक्षमा सुरवीर बुढा र सचिवमा धर्मबहादुर शाही हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेशअन्तर्गतको दार्चुला जिल्ला कमिटीको अध्यक्षमा गणेशसिंह खत्री र सचिवमा रामदत्त जोशी, बैतडी अध्यक्षमा सुरेन्द्र पाल र सचिवमा प्रेम भट्ट, डडेल्धुरा अध्यक्षमा मानसिंह माल र सचिवमा तारा जोशी, बाजुरा अध्यक्षमा कालुबहादुर शाही र सचिवमा भरतबहादुर बुढा, बझाङ अध्यक्षमा मीनबहादुर कुँवर र सचिवमा दीलबहादुर सिंह, अछाम अध्यक्षमा शेरबहादुर कुँवार र सचिवमा झपट साउँद, डोटी अध्यक्षमा चक्रबहादुर मल्ल र सचिवमा शैलेन्द्र विश्वकर्मा, कैलाली अध्यक्षमा रतन थापा र सचिवमा लालबहादुर सोडारी तथा कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा वीरबहादुर थापा र सचिवमा तारा लामाले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।