पु.समाचार

काँग्रेसकै कारण विगतका ठुला उपलब्धी जोगाउन सकिएन- प्रधानमन्त्री ओली

काठमाडौं । काँग्रेसकै कारण विगतका ठुला उपलब्धी जोगाउन नसकेको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को एकतामा देश नै खुशी हुनु पर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको ७० औं बार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्यूनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको दुईवटा ठुला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी मनाउनु पर्ने बताए । “हाम्रो एकतामा कम्यूनिष्ट पार्टीले मात्र होइन देशले नै खुशी मनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “किनभने यो स्थिरताको सुरुवात हो । देश अघि बढाउने कार्य योजनाको एकता हो ।”

प्रधानमन्त्री ओलीले कुनै बेला कम्यूनिष्टहरुको अन्तराष्ट्रिय गीत ‘हामी जित्ने छौं एक दिन ’ खुब गाउने गरेको प्रसंग निकाल्दै आज कम्यूनिष्टहरुले जितेको दिन भएको बताएका छन् । “त्यती बेला हामी जित्ने छौं । एक दिन भन्ने गीत गाउथ्यौं तर आज हामीले जितेका छौं” प्रधानमन्त्री ओलीले भने “लामो समयसम्म स्वार्थको राजनीति भएर कम्यूनिष्टहरुले जित्न सकेनन् । जब आफ्नो स्वार्थ गौंण र देशको स्वार्थलाई प्रधान मान्ने नेतृत्व आयो तब कम्यूनिष्टले जित्यो ।”

प्रधानमन्त्री ओलीले काँग्रेसका केही नेता अझै पनि राजतन्त्र ब्यूताउँने सपना देखि रहेको बताए । “बिगतमा काँग्रेसका कारण प्राप्त उपलब्धीहरु जोगाउन सकिएन । उसको बानी सहयात्रीहरुलाई अविस्वास गर्ने र बिरोधीहरुसँग मिल्ने छ । अहिले पनित्यो बानीगएको छैन”प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले देश विकासका निम्ती राम्रा काम गरि रहेको स्पष्ट पारे । “गान्धारीले आँखामा पट्टी बाधेकी थिइन् र केही देख्दिन थिइन् ” प्रधानमन्त्री ओलीले भने “अहिलेका केही केही मानिसले चेतनामा पट्टी बाँधेकोले सरकारको काम देखेका छैनन् । ”अब केही दिनमा आउने सरकारको नीति तथा कार्यक्रममा गत बर्ष जनताले अत्याधिक माग गरेका तर समेट्न नसकिएका मागहरु सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकलम दाहालले पत्रकार शुभशंकर कंडेलले लेखेको पुस्तक अवतरणको अंग्रजी संस्करण दि सेफ ल्याण्डिङ र एमाले माओवादी एकताका आधारको विमोचन गरेका छन् ।