अन्तर्राष्ट्रिय

श्रीलंकामा बम विस्फोटः २ सय ९० को मृत्यु, ५ सय घाइते, २४ जना गिरफ्तार (अपडेट)

काठमाडौँ । श्रीलङ्कामा आइतबार भएको शृङखलाबद्ध बम विस्फोटमा ज्यान गुमाउनेको संख्या २९० पुगेको छ ।

शृङखलाबद्ध बम विस्फोटमा अहिलेसम्म २ सय ९० जनाको मृत्यु भएको छ भने करिब पाँच सय जना घाइते भएका छन् । उक्त आक्रमणमा ३५ जना विदेशी नागरीकको पनि मृत्यु भएको बिबिसीले जनाएको छ ।

यो घटनामा २४ जनालाई प्रहरीले गिरफ्तार गरेको भएपनि सरकारले आक्रमणकारीको कुनै पनि पहिचान खुलाएको छैन् । सयैँको मृत्यु हुने गरी भएको शृङ्खलाबद्ध आक्रमणप्रति विश्वभरबाट निन्दा र विरोध भएको छ ।

आइतबार भएको श्रृंखलाबद्ध घटना्पछि कफ्र्यृ लगाइएको थियो । तर सोमबार विहान उक्त कफ्र्यृ खुलाएको बिबिसीले बताएको छ । श्रीलंकाली सरकारले आइतबार भएको सिलसिलाबद्ध बम विस्फोटमा आत्मघाती समूहको हात रहेको जनाएको छ । यो घटनाको योजना विदेशमा बनाइएको श्रीलंकाली सरकारले दाबी गरेको छ ।