प्रदेश 2

सडक सुरक्षा चेक जाँच अवधारण ल्याएपछि सडक दुर्घटनामा कमी

सप्तरी । सप्तरीको ट्राफिक प्रहरी द्वारा ल्याएको जनचेतनामूलक कार्यक्रम सप्तरीको सडक दुर्घटनामा कमी ल्याएको छ । सप्तरीको पुर्वि सिमाना हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदह ट्राफिक प्रहरी पोष्टले ल्याएको कार्यक्रम अन्र्तगत बिद्यालयका बिद्यार्थी तथा शिक्षकका लागी ट्राफिक नियम निति तथा सवारी चालकका लागी स्वास्थ्य परिक्षण जस्ता कार्यक्रम एक दमै फाइदाजन भएका स्थानिय युवा कुन्दन मण्डलले बताएका छन ।

ट्राफिकले ल्याएको जनचेतनामूलक कार्यक्रमले स्थानिय एक दमै लाभांवित भएका साथै पोष्टका असई श्याम प्रकाश यादवलाई ल्याएको सवारी सुरक्षा जाँचको कारण सडक दुर्घटना कमी भएको समेत बताएका छन । सप्तरीमा सडक सुरक्षा चेक जाँच अवधारणा लागु भएपछि सडक दुर्घटनामा कमी आउनुको साथै राजस्व संकलनमा समेत बुद्धि भएको छ ।

सवारी दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले सवारी चेक जाँच लाई कडा बनाएको छ । सवारी चालकको स्वास्थ्य परिक्षण गरौ सवारी चलाउ र आफनो गन्तव्य स्थानमा समयमा पुगौ, मादक पदार्थ सेवन गरी सवारी नचलाउ आफु पनि बचौं अरुलाई पनि बचाँउ भन्ने मुल नाराका साथ सप्तरी जिल्लाका ट्राफिक प्रहरी सम्भुनाथ , भारदह , कदमाहले बिभिन्न किसिमका सचेतना मूलक जिंगल, पोस्टर, पर्चा, कम्पलेट बितरण गरी जनचेतना दिई पत्रकारहरु द्वारा अन्र्तक्रिया कार्यक्रम संचालनमा ल्याएको छ ।

सवारी साधनको चाप दिनानुदिन बढदै, ओभर टेकका साथै मादक पदार्थ सेवन गरेर सवारी चलाउनाले ल्याएको समस्याका कारण सप्तरीको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढदै गएको ट्राफिक अभिलेखमा उल्लेख छन । तर सडक सुरक्षा चेक जाँच अवधारण ल्याएपछि सडक दुर्घटनामा कमी आएको छ । सप्तरीको भारदह पोष्टमा दिनहु चेक जाँचका कारण दुर्घटना गरी भागेका सवारी साधनालाई पक्राउ गर्न समेत सहयोग भईको स्थानिय सवारी चालक अमित लामाले बताउ छन ।