लुम्बिनी

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेझाड । आदर्श माध्यमिक विद्यालय रिब्दीकोट गाउँपालिका–२ पाल्पाका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । पहिलो पाइला नेपालले यहाँ अध्ययनरत ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

संस्थाले यसभन्दा अघि रिब्दीकोट गाउँपालिका १ ख्याहा जैथुमका १३१ विद्यार्थीलाई न्यानो कपडा, रैनादेवी छहरा वडा नं ३ को जनप्रिय आधारभूत विद्यालयका ६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानका विद्यालयमा अध्ययनरत आर्थिकरुपमा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै जाने पहिलो पाइला नेपालका अध्यक्ष प्रतिभा जिसीले बताए ।