अन्तर्राष्ट्रिय

आइतबार रातभरका लागि देशव्यापी निशेधाज्ञा जारी

कोलम्बो । श्रीलङ्कामा आइतबार भएका श्रीङ्खलावद्ध आक्रमणका कारण २०७ जनाको निधन भएपछि यहाँको सरकारले देशभरका आइतबार साँझदेखि लागु हुनेगरी १२ घण्टाका लागि निशेधाज्ञा जारी गरेको छ ।

विस्फोटका कारण देशभर आतङ्क फैलिएपछि श्रीलङ्काको मन्त्री परिषद् बैठक बसेको र अवाञ्छित थप घटना हुने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय समयअनुसार आइतबार साँझ छ बजेदेखि सोमबार बिहान छ बजेसम्म निशेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको सरकारले जनाएको छ ।

आइतबार भएका आक्रमणमा करिब ३० जना विदेशी नागरिकसहित २०७ जनाको मृत्यु भएको र ४५० व्यक्ति घाइते भएका प्रहरी प्रवक्ता रूवान गुनशेकराले पुष्टि गरे । उनले दिनभर देशका विभिन्न आठ स्थानमा शक्तिशाली विस्फोट भएका बताए।

प्रहरीका अनुसार छ वटा विष्फोटका घटना आइतबार विहानै भएका थिए भने दुईवटा विष्फोट दिउसोको समयमा भएका थिए ।