समाचार

शृङ्खलाबद्ध बम विष्फोटन: सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सायौँ मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेका छन् ।

उनले विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ भनेका छन् ।

“हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनु पर्दछ भन्ने काङ्ग्रेसको स्पष्ट धारणा रहँदै आएको छ । यस दुःखद् क्षणमा म र मेरो पार्टीको तर्फबाट श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछु । साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु”, विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले घटनामा परी निधन हुनुभएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र उहाँहरुका परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका गरेका छन्।