आर्थिक

अब प्रभु बैंकको साँखुमा अत्याधुनिक प्रविधि सहितको नयाँ शाखा कार्यालय

काठमाडौँ । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ आइतबार देखि काठमाण्डौ जिल्ला शंखरापुर न.पा. वडा नं. ७ स्थित साँखुमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ ।

उक्त शाखाको शंखरापुर न.पा.का मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरेका थिए । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै नगरबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरे ।

साथै उक्त कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ बिभिन्न सहुलियत पुर्ण कर्जाहरु प्रदान गर्दै आइरहेको हुदा कृषि,उद्योग र पर्यटनको प्रचुर संभावना बोकेको साँखु क्षेत्रका स्थानिय बासिन्दाहरुलाई यस बैकबाट प्रदान गरीने बिभिन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवाहरु उपभोग गरी लाभ लिन आग्रह गरे ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको साँखु शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुने छन् र समग्र नगरवासीहरुको आर्थिक विकासमा टेवा पुग्ने छ भन्ने बैंकले विश्वास लिएको छ