पु.समाचार

प्रधानमन्त्री ओलीद्वारा श्रीलंकामा भएको बिस्फोटको घटनाप्रति दुःखव्यक्त

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटनको घटनाप्रति दुःखव्यक्त गरेका छन् । आज श्रीलंकाका प्रधानमन्त्री महामहिम रनिल विक्रमा सिंघेलाई एक समवेदना सन्देस पठांउदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सन्देशमा भन्नु भएको छ “आज विहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ । ”

प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भत्सर्ना गरेको उल्लेख गरेका छन् । “यस्तो आपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानुनको दायरामा ल्याइने छ भन्ने कुरामा म विश्वस्त छु ।

नेपाल आतंकवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ ”प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतक प्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकाकूल परिवार जनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । “दुःखको यस घडीमा हामी श्रीलंकाका मिलनसार जनताका साथ उभ्भिएका छौ । म घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।