प्रदेश 2

पिपरा गाउँपालिका अध्यक्षको निधन

गौशाला । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ । पाँच÷छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौँं लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाडौँंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए ।

राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आज बिहान १० बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताए । अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटक पटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराएका थिए । पाँच÷छ दिनअघि पुनःएक्कासि बिरामी भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । चौधरीको शव जिल्ला ल्याउने तयारी भइरहेको छ ।