समाचार

लुम्बिनी इन्सुरेन्स इन्टरनेशनल गल्फ टुर्नामेन्ट २०१९ सम्पन्न

काठमाडौँ । लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा यहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुइ दिने अन्तराष्ट्रिय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो ।

जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडी रहेका थिए । खेलकुद मार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफु खुशी भएको लुम्बिनी जनरल इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए ।

सो अवसरमा उत्कृष्ट अर्थात सुपर सिनियर खेलाडी विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्ड मान श्रेष्ठ र इन्सुरेन्सका अध्यक्ष मनोहर दासमुल र कम्पनीका सिइओ नुर प्रकाश प्रधानले उत्कृष्ठ खेलाडीलाई अर्वाड हस्तान्तरण गरेका थिए ।

वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर एण्ड राइजिङ्ग, स्मार्ट एण्ड सर्भिस र क्वालिटी म्यानेजमेन्टमा ISO certified मान्यता प्राप्त गर्न सफल भएको छ । हाल ४५ शाखा मार्फत ग्राहकलाई उत्कृष्ट सेवा तथा सुबिधा उपल्ब्ध गराउदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले बताए । कम्पनीले चालु आ.ब. भित्रै तोकिए बमोजिमको चुक्ता पूँजी पु¥याउने उनले बताए, यो टुर्नामेन्ट कम्पनीको दोश्रो संष्करण हो ।