राजनीति

नेता गुरुङको प्रश्नः नेता नै भूमाफियासंग मिलि सरकारी जग्गा कब्जा गर्न लागेपछि देश कसरी बन्छ ?

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले पछिल्लो समय राजनीत गर्नेहरु भूमाफियासंग मिलेर पैसा कमाउने काममा लागेको दाबी गरेका छन् । नेता गुरुङले कास्कीको सार्दीखोला भबन समुद्घाटन कार्यक्रममा बोल्दै नेकपाका महासचिव बिष्णु पौडेलप्रति संकेत गर्दै उक्त कुरा बताएका हुन् । बिष्णु पौडेलको छोराको नाममा पास गरिएको वालुवाटारप्रधानमन्त्री कार्यालय नजिकको ८ आना जग्गा खरीदमा राट्रब्यापी बिरोध भईरहेका बेला नेता गुरुङको उक्त आक्रोस आएको हो ।
नेकपा महासचिव बिष्णु पौडेलले बिबाद भएपछि दुईवटा बिज्ञप्ती निकाचलिसकेका छन् भने उनको बिरोध अझैपनि साम्य भएको छैन । नेता गुरुङको तर्क छ नेताहरु देश र जनताको सोवा गर्नुको सट्टा भूमाफियासंग मिलेर पैसा कमाउने र सम्पती जोड्ने कार्यमा लागेपछि देश बन्दैन, जग्गा कब्जा गर्ने रणनीतमा लागेपछि जनताले सुख पाउदैनन् । नेता गुरुङ भन्छन्, ‘नेताहरु नै भुमाफियासँग मिलेर सरकारी जग्गा कब्जा गर्ने देशका जनताले सुख पाउँदैनन्।’