खेलकुद

सिटी एक्सप्रेसद्वारा तेक्वान्दो खेलाडीलाई ट्रयाक सुट सहयोग

काठमाडौँ । जापानको ओसाकामा हुन गई रहेको १७ औं वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियन शिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भागलिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराई सहयोग गरेको छ ।

उक्त वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप,जापानको ओशाकामा यहि अप्रिल २० तारिक देखि सुरु हुदै छ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियन शिपमा नेपालले पनि भाग लिन लागेको हो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइ रहेको छ ।