खेलकुद

आर्चरी प्रतियोगिताको अशिम र मुकेश फाइनलमा

बाँके । आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत नवौंँ राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा गण्डकप् प्रदेशका अशिम शेरचन र मुकेश तामाङ फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा अशिमले आर्मी क्लबका रोशन नगरकोटीलाई ७–५ अङ्कले तथा मुकेशले पुलिस क्लबका तिलक पुनलाई ७–१ अङ्कले पराजित गरे । उक्त स्पर्धाको महिलातर्फको खेलमा आर्मी क्लबकी ज्ञानु अवालेले गण्डकी प्रदेशकी विष्णुमाया लिम्बूलाई ६–२ अङ्कले तथा आर्मीकी मित्र राईले गण्डकी प्रदेशकी केशरी आले मगरलाई ६–० अङ्कले हराउँदै फाइनल प्रवेश गरिन् ।