राजनीति

दलाल र पार्टीवाट निष्कासित झुण्डहरु नेकपाको निगरानीमा, एक एक गरि ठिक पार्ने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी र जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीबिरुद्ध भ्रमको खेति गर्ने आमजनता सामु आफै नाङ्गिएको बताएको छ । केहि समय अगाडी पार्टी प्रवक्ता प्रकाण्ड लगायतका नेताहरु बिरुद्ध भएको भ्रामक समाचारको खेति गर्नेहरु अहिले अतालिन थालेको बुझिएको छ । उनीहरुले योजना बद्ध ढंगले क्रान्तिकारी र जनताको पार्टी बिरुद्ध बिष बमन गर्दै आम जनतामा भ्रम छर्ने कोशिस गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीबिरुद्ध पत्रकार आवरणका दलाल र पार्टीवाट निष्कासित झुण्डहरुले सुनियोजित रुपमा भर्म फैलाउदै आएको बताउदै आएको छ । उसले यस्ता झुण्डहरु वर्तमान दलाल सत्ताको सुराकी भएको र उनीहरुको शंकश्पद गतिबिधि पार्टीले मसिनो गरि नियाली रहेको बुझिएको छ । केहि समय अघि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड बिरुद्ध अनर्गल प्रचारमा उत्रिएकाहरु अहिले प्रकाण्डलाई मध्य कमान्डको जिम्मेवारी दिएको प्रचार गरि रहेका छन । क्रान्ति र पार्टीको आबश्यकतामा नेताहरुको कार्य बिभाजनमा हेरफेर हुनु नौलो नभएको तर त्यसैलाई अतिरन्जित बनाएर प्रचार प्रसार गर्नु आपत्तिजनक भएको नेकपाको भनाई छ ।

एउटा क्रान्तिकारी र जनताको पार्टी हुनुको नाताले नेपाल कम्युनिस्ट पार्टीप्रति आम संचारकर्मी , संचारमाध्यमले चासो राख्नु स्वाभाविक भएको तर सरकारको सुराकी बनेका पत्रकार आवरण दलाल र पार्टीले कारबाहि गरेर निष्कासित गरेका झुण्डले नियोजित रुपमा पार्टी र त्यसको नेतृत्व बिरुद्ध गरेको बिषबमन कुनै हालतमा सह्यै नहुने नेकपाले बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र जनताको पार्टी भएकोले उसको हरेक कार्य नेपालि जनताले ध्यान पुर्वक नियाली रहेका छन् भने यो पार्टी र नेतृत्वप्रति गरिएको दुस्प्रचार र बिषबमन पनि नेपाली जनताले नियाली रहेका छन र समयक्रमसंगै यी सबै कुराको पुष्टि नेपालि जनताले खोज्ने र पुष्टि गर्न नसक्ने तत्वहरुलाई नेपाली जनताले दण्डित गर्ने पनि उसले बताएको छ ।