बाग्मती

सम्पदा सफाइ अभियान

काठमाडौँ ।  विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रको पाँचौँ हप्ताको सफाइ बौद्ध घ्याङ गुठीको नेतृत्वमा भयो । पर्यटकको भीड लाग्ने बौद्ध क्षेत्रमा फोहर बढ्न थालेपछि सफाइ शुरु गरिएको गुठीका प्रशासकीय अधिकृत नवीनवज्र लामाले जानकारी दिए ।

यस क्षेत्रको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ अभियानको जागरण आएको हो । सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस् रुपमा काम हुनसकेको छैन ।

वाग्मतीबाट प्रभावित भई उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०४ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । गत बुधबारदेखि पूर्वको मेची पुलबाट मेची महाकाली सफाइ अभियान शुरु भएको अभियानकर्मीले जनाएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सफा नेपाल अभियान शुरु गरिएको जनाइएको छ ।