कृषि

पञ्चपुञ्जले शुरुगर्यो सुन्दरीचोकमा तरकारी बजार

काठमाण्डौ । पञ्चपुञ्ज होल्डिङ्ग एण्ड ईनभेष्टभेन्ट प्रालीले काठमाण्डौको पेप्सीकोला स्थीत सुन्दरी चौकमा तरकारी बजार स्थापना गरेको छ । कालीमाटी तरकारी बजारका ब्यावशायीहरु मिली उक्त स्थानमा तरकारी बजारको स्थापना गरिएको हो ।

उक्त तरकारी बजारमा होल्डिङ ईन्भेष्टमेन्ट कम्पनीका अधयक्ष दुर्गालाल श्रेष्ठले नेपाल सरकारको कृषी क्षेत्रलाई प्रवर्धन गर्ने नीति अनुसार काठमाण्डौ उपत्यकाभित्र बिभिन्न क्षेत्रमा तरकारी बजार खोल्ने आफ्नो लक्ष अनुरुप निजी क्षेत्रबाट तरकारी बजार खोली कृषी क्षेत्र प्रवर्धनको शुरुवात गरेको र आफूहरुको प्रयासलाई सबैले सहयोग गर्ने विश्वास रहेको बताए ।

 कार्यक्रममा कृषी तथा पशुपंक्षी मन्त्रालयका सहसचिव तेजबहादुर सुबेदीले आफूहरुले कृषी क्षेत्रको प्रवर्धनका लागि खुलेर सहयोग गर्ने बचन दिएका थिए । कार्यक्रममा प्रहरी प्रवक्त उक्रम सुबेदी, प्रहरी बरिष्ठ उपरिक्षक भीम ढकाल, प्रहरी बरिष्ठ उपरिक्षक टेकबहादुर तामाङ, भगवानचन्द्र उप्रेती, भरत खतिवडा, खोमप्रसाद घिमिरे, राजन न्यौपाने लगायतले बोलेका थिए । प्रमुख अतिथीको रुपमा कागेश्वरी मनोहरा नगरपालीकाका मेयर कृष्णहरी थापा रहेका थिए भने कार्यक्रम संचालन उज्वल कार्कीले गरेका थिए ।

मेयर थापाले आफ्नो स्थानलाई प्राथमिकता दिएर तरकारी बजार खोलेकोमा धन्यबाद दिँदै आफूहरुले तरकारी बजारलाई सहयोग गर्ने बचन दिएका थिए ।