समाचार

ओली दहाल बैठक निष्कर्ष, मंगलबारभित्र पार्टी कसैगरी एक गरिसक्ने सहमती

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच यही वैशाख ९ गते पार्टीको एकता प्रक्रिया टुङग्याउने गरी विविध विषयमा शुक्रबार गहन छलफल भएको छ ।

आज बिहानैदेखि पार्टीका अध्यक्षद्वय पार्टी एकताको विषयलाई लिएर बालुवाटारमा गहन छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो । पार्टी एकता प्रक्रियालाई तीन महीनाभित्र भदौ ३ गते सक्नुपर्ने भए तापनि लम्बिँदै जाँदा पार्टी कार्यकर्तामा निराशा बढ्दै गएको छ । झण्डै एक वर्ष बित्न लाग्दा पनि एकताको प्रक्रिया नसएिको हुनाले यही वैशाख ९ गतेसम्म सक्ने भनिएकाले नेताबीच गहन छलफल भइरहेको छ ।