खेलकुद

पुरुष क्रिकेटः प्रदेश १ र प्रदेश २ विजयी

नेपालगञ्ज। आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा प्रदेश १ र प्रदेश २ विजयी भएका छन् ।

कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा प्रदेश १ ले प्रदेश ३ लाई २० रनले हरायो । टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले नौ विकेट गुमाउँदै १०६ रन बनायो । एक सय ७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सक्यो । प्रदेश १ का लागि पुष्प थापाले २४, सन्नी पुन र राजन मगरले १२÷१२ तथा श्रवण यादवले ११ रन बटुले । बलिङतर्फ प्रदेश ३ का सोनु देवकोटाले दुई, सोनु तामाङ, इशान पाण्डे, गौतम केसी र नन्दन यादवले एक÷एक विकेट लिए ।

यसअघि प्रदेश ३ का लागि रविन जोशीले सर्वाधिक २४ रन जोडे । इशान पाण्डेले २० र हेमराज पाण्डेले १५ रन बनाए । बलिङतर्फ प्रदेश १ का दीपेश कंडेलले चार, पुष्प थापा, फिरोज अन्सारी र श्रवण यादवले एक–एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच चार विकेट लिएका प्रदेश १ का दिपेश कंडेल घोषित भए ।

अर्को खेलमा प्रदेश २ ले कार्णाली प्रदेशलाई नौ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ५७ रन बनायो । उसका लागि दिवान पुन र रविन्द्रजंग शाहीले ११÷११ रन जोडे । बलिङतर्फ प्रदेश २ का कुमार थापाले चार, हरिशंकर शाहले दुई तथा राहुलप्रातप सिंहले एक विकेट लिए ।

अन्ठाउन्न रनको लक्ष्य प्रदेश २ ले एक विकेट गुमाएर पुरा ग¥यो । उसका लागि हरिशंकर शाहले ३३ रन तथा सुधिर चौधरीले १४ रन बनाए । बलिङतर्फ कार्णालीका रविन्द्रजंग शाहीले एक विकेट लिए । उक्त खेलको ‘प्लेयर अफ द म्याच’ प्रदेश २ का कुमार थापा घोषित भए ।

ह्यान्डबलः गण्डकी, आर्मी, प्रदेश १ र एपिएफ विजयी

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४३–१५ अङ्कले पराजित गरेको छ ।

शुक्रबार सम्पन्न अन्य खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ४७–१० अङ्कले, प्रदेश १ ले प्रदेश २ लाई २८–१४ अङ्कले तथा सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रदेश ३ लाई ३९–२३ अङ्ले पराजित ग¥यो । महिलामा ह्यान्डबलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २२–४ अङ्कले, आर्मी क्लबले कर्णाली प्रदेशलाई ५४–२ अङ्कले, सुदूरपश्चिम प्रदेशले प्रदेश २ लाई ७–२ अङ्कले तथा एपिएफले प्रदेश १ लाई २८–१० अङ्कले पराजित ग¥यो ।