राजनीति

नेबिसंघ स्थापना दिवशः कम्युनिस्ट विरुद्ध एक भएर लड्ने सहमति

काठमाण्डौ । सधैं झगडा गर्ने युबा नेताहरु एकै ठाउमा आएका छन्। अब कम्युनिस्ट विरुद्ध एक भएर लड्ने सहमति समेत उनीहरुले गरेका छन्। भुपेन्द्र जङ शाही, नैनसिंह महर, मनोजमणी आचर्य, प्रतिमा गौतम, सरोज थापा, कुन्दन काफ्ले, नवीन राई, दिपक भट्टराई, कल्पना खड्का, झला बिक, राजिब लामिछाने लगायत नेताहरु आकस्मिक रूपमा एकै साथ थिए।

नेबिसंघको स्थापना दिबसको दिन आज नेबिसंघका पुर्ब पदाधिकारी तथा नेताहरू सङ्ग एक विशेष भेटघाट तथा छलफल गरेका छन्।
हिजोको दिनमा जेसुकै भएपनी अब नेपाली कांग्रेसलाई आगामी दिनमा ससक्त, सवल र बलियो पार्टी बनाउन कम्युनिस्ट अधिनायकवाद विरुद्ध सबै एकमत र एकजुट भएर अगाडि बढ्ने सहमति गरेका छन्। नेविसंघ भंग भएर लथालिंग भएकोबेला नेबिसंघका नेताहरुबीच भएको भेटले विद्यार्थी राजनीतिमा अर्थ राख्नसक्ने विश्लेशष तरुा दलका महामन्त्री भूपेन्द्रजंग शाहीले बताए ।