मनोरञ्जन

बिष्णु माझी र बद्रि पंगेनीको बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन “भिडियो सहित”

काठमाडौँ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ ।

गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ ।

चर्चित निर्देशक काजिश श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन ।उत्सव दाहालको छायाँकन , दिपक विष्टको सम्पादन भिडियोमा रहेको छ । निकै रमाइलो तरिकाबाट तयार पारिएको भिडियोमा दिलिप रायमाझी र एलिसा शर्माको अभिनय रहेको छ ।